‘कङ्गारु’को मुख्य अभिनेत्रीमा स्वस्तिमा अनुबन्धित

३ भदौ २०८१ १३:०९

चलचित्र ‘कङ्गारु’को मुख्य अभिनेत्रीमा स्वस्तिमा खड्का अनुबन्धित भएकी छन् । यो चलचित्रका लागि निर्माण पक्षले सोमबार स्वस्तिमासँग कागजी सम्झौता गरेको हो ।

सम्राट बस्नेतको निर्देशनमा निर्माण हुने यो चलचित्रमा यसअघि केदार घिमिरे ‘माग्ने बुढा’, जितु नेपाल र अर्पण थापा अनुबन्धित भइसकेका छन् । राजिभ गुरुङ ‘दीपक मनाङ्गे’को प्रस्तुतिमा तयार हुने यो चलचित्रको मुख्य भूमिकामा स्वस्तिमाको प्रवेशसँगै कलाकारहरुको लानअप बलियो बनेको हो ।

कागजी सम्झौता गरेसँगै नायिका स्वस्तिमाले यो चलचित्रमा काम गर्न पाउँदा आफू निकै उत्साही भएको बताएकी छन् । यसअघि चलचित्र ‘लाखे’ निर्देशन गरेका बस्नेतले यो चलचित्रलाई सस्पेन्स, थ्रीलर र कमेडी जनरामा निर्माण गर्न लागिएको बताए ।

नायिका फाइनल गरेसँगै अब केही महिनामै छायांकनमा जाने तयारी रहेको निर्देशक बस्नेतले जानकारी दिए । ३५ दिनको छायांकन सेड्युल तय गरिएको यो चलचित्रको छायांकन अष्ट्रेलीयाको सिड्नी, न्यूकासल, क्यानबेरा लगाएतका क्षेत्रमा गरिने निर्माणपक्षले जनाएको छ।

फुलमुन मोसन पिक्चर्स र उत्तरगया म्युजिक एन्ड फिल्मसँग एसजिटि प्रोडक्सन प्रालीको सहकार्यमा निर्माण हुन लागेको यो चलचित्रमा प्रेम थापा, धन बहादुर गुरुङ ‘डिबी’ र मनोज भण्डारी ‘म्यक्स’ निर्माताको रुपमा छन् ।

यो चलचित्रको सह-निर्मातामा अन्जन दुरा र लक्ष्मी राई छन् भने कार्यकारी निर्माता टीका भण्डारी हुन् । चलचित्रको लाइन प्रोड्यूसरमा सविन ज्ञावली (अष्ट्रेलिया) र चलचित्र निर्माणमा लक्ष्मी ज्वेलर्स यूकेले पनि सहकार्य गरेको छ । सीमा गुरुङको कथा रहेका यो चलचित्रका छायाँकार सुशन प्रजापति हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *