ट्रेलरमा हेर्नुहोस् ‘देवी’, पत्रकारको भूमिकामा शिल्पा

३ भदौ २०८१ १२:५०

यही भदौ २१ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘देवी’को ट्रेलर सार्वजनिक गरिएको छ । आइतबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै यो चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।

सार्वजनिक यो चलचित्रको ट्रेलरले चलचित्रको कथावस्तुबारे जानकारी दिएको छ । बलात्कारको घटनामा कानुनले पार्ने प्रभाव र त्यसले निम्त्याउने परिणामलाई ट्रेलरमा प्रस्तुत गरिएको छ ।

यो चलचित्रकी मुख्य अभिनेत्री शिल्पा मास्के पत्रकारको भूमिकामा छिन् । यो चलचित्रले मूलतः शिल्पाको पात्रमार्फत् कथा भनेको ट्रेलरबाट बुझ्न सकिन्छ ।

निर्देशक सञ्जोग राईको निर्देशनमा निर्माण भएको यो चलचित्रमा गौरव प्रहरीको भूमिकामा छन् । जोएल फ्रोमको छायांकन रहेको चलचित्रको पटकथा लेखनमा निर्देशक राईलाई अजय गौतमले सघाएका छन् । चलचित्रमा सन्जेन थापाको द्वन्द्व छ ।

एक्जिबिट स्टुडियोले ‘कबड्डी’ निर्माण कम्पनी बाँसुरी फिल्मससँग सहकार्य गरेको यो चलचित्रमा रेमन गुरुङ, नारायण राई र सञ्जोग राई निर्मातामा छन् भने जावेद खान कार्यकारी निर्माता हुन् । त्यस्तै, सह-निर्मातामा शिल्पा मास्के, उजेन नोर्वे गुरुङ र मिलन लामा छन् ।

यो चलचित्रमा गौरव पहारी, नाजिर हुसेन, टीका पहारी, ध्रुब कोइराला, विशाल पहारी, निरिक्षा घतानी, प्रभाकर न्यौपाने, निरु खड्का, जीवनजंग खड्का लगायतको पनि अभिनय छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *