नयाँ सम्पादनसहित सिनेमाघर एपमा ‘डिग्री माइला’ रिलिज

२ भदौ २०८१ ७:२३

चलचित्र ‘डिग्री माइला’को पुनः सम्पादित संस्करण ‘सिनेमाघर’ले आफ्नो एपमा सार्वजनिक गरेको छ।

निर्देशक रामबाबु गुरुङ निर्देशित तथा दयाहाङ राई, आँचल शर्मा, बुद्धि तामाङ अभिनीत यो चलचित्र अहिले विश्वभरका दर्शकहरूलाई लक्षित गरी सिनेमाघर एपमा रिलिज गरिएको हो। यो चलचित्रको नयाँ सम्पादनमार्फत कथ्य शैलीलाई नयाँ स्वरूपमा प्रस्तुत गरिएको छ, जसले हलमा हेरिसकेका दर्शकहरूलाई समेत फरक अनुभव दिने अपेक्षा गरिएको छ।

निर्देशक गुरुङले हल रिलिज हुँदा दर्शकहरूबाट प्राप्त चलचित्र केही सुस्त गतिमा रहेको भन्ने प्रतिक्रियालाई आधार मानी पुनः सम्पादन गरिएको बताए।

‘सिनेमाघर एप’ एन्ड्रोइड र आइओएस मोबाइलहरूमा मात्र नभई, स्मार्ट टिभी प्लेटफर्महरूमा पनि विस्तार गरिएको छ। अब दर्शकहरूले ‘डिग्री माइला’ लाई एन्ड्रोइड टिभी, अमेजन फायर टिभी, एलजी वेबओएस र सामसुङ स्मार्ट टिभीहरूमा सजिलै स्ट्रिम गरेर हेर्न सक्नेछन्।

सिनेमाघरका सिईओ सागर खरेलका अनुसार एपको प्रयोग विश्वभरबाट सजिलै सम्भव छ र अब सिनेमाघरलाई वेब ब्राउजरमार्फत पनि सजिलै प्रयोग गर्न सकिने गरी विस्तार गर्ने तयारी भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *