असोज ११ गतेबाट ‘आँखा’ प्रदर्शन हुने

२ भदौ २०८१ ५:५४

निर्माण कम्पनी लामा सिनेमाजले निर्माण गरेको चलचित्र ‘आँखा’को प्रदर्शन तय गरिएको छ । आइतबार निर्माणपक्षले यो चलचित्रको नयाँ पोस्टर सार्वजनिक गर्दै आगामी असोज ११ गतेलाई प्रदर्शन मिती तय गरेको हो ।

निर्देशक जौन योञ्जनले निर्देशन गरेको यो चलचित्रको सार्वजनिक पोस्टरमा यो चलचित्रका मुख्य दुई कलाकार स्मिता लामिछाने र आरके मेहता फिचर्ड छन् । यो चलचित्रको पोस्टरमा सुकुम्बासी बस्ती र सूर्यमुखी फूललाई पृष्ठभूमि बनाइएको छ ।

ढाका टोपी फिल्मस्, कार्यक्रम नेपाल, साइलेन्ट एक्ट र ट्राइडेन्ट कन्सेप्टको सहकार्यमा तयार भएको यो चलचित्रलाई सामाजिक विषयवस्तुमा निर्माण गरिएको हो ।

कृष्ण भण्डारी र निर्देशक योञ्जनको सम्पादन, आलोक शुक्लाको छायांकन, दीपक आरजे र जयन जे वाइवाको संगीत रहेको यो चलचित्रमा निर्देशक योञ्जनकै कथा, पटकथा र निर्माता पनि उनै हुन् । नारायणप्रसाद बराल कार्यकारी निर्माता, राम बस्नेत लाइन प्रोड्युसरको र रेनुका कार्की सह–निर्माता हुन् ।

आरआर फिल्मस्ले देशभर वितरण गर्ने यो चलचित्रमा निशा अधिकारी, वुद्दि तामाङ, विजय बराल, सरोज खनाल, पशुपति राई, कृष्णभक्त महर्जन, राजन खतिवडा, प्रवीण खतिवडा, लुनिभा तुलाधर, रविन्द्र झा र अभयराज बराल मुख्य भूमिकामा छन् । प्रसन राइलाई बाल–कलाकारको भूमिकामा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *