‘नरसिंहा अवतार’मा भित्रिए दीपा शाही र सरोज खनाल

२ भदौ २०८१ ४:४१

निर्देशक दिवाकर भट्टराईले निर्देशन गर्न लागेको चलचित्र ‘नरसिंहा अवतार’मा कलाकारहरुको रोचक लाइनअप तयार हुने क्रम जारी छ । यो चलचित्रका लागि अहिलेसम्म तीनजना मुख्य पात्रहरु फाइनल गरेको निर्माणपक्षले थप दुई जना कलाकारहरु फाइनल गरेको हो ।

एक्सन तथा सोसल ड्रामामा निर्माण हुने यो चलचित्रको शीर्षमध्ये एक भूमिकामा दीपा शाही र सरोज खनाल अनुबन्धित भएका छन् । निर्माणपक्ष र उनीहरुबीच लिखित सम्झौता भइसकेको छ । यो चलचित्रमा दीपा र सरोजको कस्तो भूमिका छ भन्ने विषयमा भने केही पनि खुलाइएको छैन ।

यही चलचित्रबाट ८ वर्षपछि महानायक राजेश हमालले कमब्याक गर्दैछन् । आठ वर्ष भन्दा धेरै समय पछि हमाल चलचित्रमा फर्किने खबरले यतिबेला नेपाली चलचित्रक्षेत्र तताएको छ । यो चलचित्र उनीसँगै दर्शकका लागि पनि विशेष हुने पक्का छ ।

यो चलचित्रमा यसअघि राजेश हमाल, निती शाह, सनिशा भट्टराई अनुबन्धित भइसकेकी छन् । सनिशाको यो दोस्रो चलचित्र हो । उनको डेब्यू अभिनय रहेको १२ गाउँ फूलपातीमा रिलिज हुँदैछ ।

क्रिएटिभ सिने आर्टको प्रस्तुति रहने यो चलचित्रको यही महिनाबाट छायांकन सुरु हुने निर्माणपक्षले जनाएको छ । यो चलचित्रको लगानी तीन करोडभन्दा माथि हुने बताइएको छ । निर्देशक भट्टराईको अर्को चलचित्र ‘मायावी’ प्रदर्शनको तयारीमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *