प्रेम, रोमान्स र एक्सनले भरिएको ‘वर एण्ड वधु’को ट्रेलर

३२ साउन २०८१ १५:२२

निर्देशक मिलन चाम्सको निर्देशनमा तयार भएको चलचित्र ‘वर एण्ड वधु’को ट्रेलर सार्वजनिक गरिएको छ । शुक्रबार काठमाडौंमा एककार्यक्रमको आयोजना गर्दै चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।

प्रेम, रोमान्स, एक्सन र धोकाले भरिएको यो चलचित्रको ट्रेलरमा अभिनेत्री आँचल शर्मा र नव-अभिनेता विवेक कर्माचार्य ओरिपरि घुमेको छ । चलचित्रको ट्रेलर गज्जबको छ । ट्रेलरमा आँचल बोल्ड अवतारमा प्रस्तुत भएकी छिन् ।

नेपाल र रोमानियाको लोकेशनमा छायांकन गरिएको यो चलचित्रको ट्रेलरमा उच्च क्यानभास देखाइएको छ । चलचित्रको ट्रेलर हेर्दा दर्शकलाई हलसम्म तान्ने पक्का देखिन्छ ।

अभिनेत्री आँचल शर्मा र नायक विवेक कर्माचार्यको मुख्य भूमिका रहेको यो चलचित्रमा जानुका थापाको लगानी र अमित रिजाल कार्यकारी निर्माता रहेका छन् ।

सुदिप बरालको डीओपी रहेको चलचित्रमा मिलन श्रेष्ठको सम्पादन, साहिल खानको ट्रेलर, हिमाल केसीको एक्सन, प्रदीप भारद्वाजको लेखन, रविन्द्र न्यौपाने र अनिस स्याङ्देनको कोरियोग्राफी, सन्तोष लामाको कला निर्देशन, अर्जुन पोखरेलको संगीत छ ।

यो चलचित्रमा आँचल शर्मा, विवेक कर्माचार्य, गरिमा शर्मा, विजु पार्की, किरण केसी, सरिता लामिछाने, कुसुम शर्मा, श्रृष्टी खड्का, हिमेश पन्त, दिनेश काफ्ले, यमन श्रेष्ठ, रविन्द्र खड्का, अंशु महर्जन र सिता न्यौपानेको अभिनय छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *