‘बेहुली फ्रम मेघौली’को ‘छड्के सलाम’मा निश्चल र स्वस्तिमाको केमेस्ट्री

३२ साउन २०८१ १३:०१

साजन काफ्ले र आकाश बरालको लेखन तथा निर्देशन रहेको चलचित्र ‘बेहुली फ्रम मेघौली’को तेस्रो गीत ‘छड्के सलाम’ सार्वजनिक गरिएको छ । शुक्रबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै यो गीत सार्वजनिक गरिएको हो ।

सार्वजनिक यो गीतको भिडियोमा बिहेको रमझम प्रस्तुत गरिएको छ । बिहे घरको रमाइलोमा स्वस्तिमा र निश्चल बस्नेत दम्पती र अन्य कलाकारहरुको रमाइलो नाच देखाइएको छ । गीत सार्वजनिक कार्यक्रममा यो चलचित्रको कमेडीयुक्त टिजर पनि देखाइएको थियो ।

सार्वजनिक यो गीतमा जयन जे वाइबाको शब्द रचना तथा संगीत, कालीप्रसाद बाँस्कोटा, निश्चल बस्नेत र बबिना किराँतीको पार्श्व गायन छ । प्रदीप लामा र रेविका खत्रीको कोरियोग्राफीमा तयार भएको हो ।

निश्चल र स्वस्तिमा दम्पती आफैं निर्माता रहेको यो चलचित्रका कार्यकारी निर्मातामा शंकर पाण्डे र फिरोज खड्का छन् । चलचित्रमा नरेन्द्र मैनालीको डीओपी, निमेष श्रेष्ठको सम्पादन, प्रदीप लामा, केवीका खत्री र शेखर घर्ती मगरको कोरियोग्राफी एवं जयन जे वाइबा र कुशल पोखरेलको संगीत छ ।

विवाहको कथा पेश गर्ने यो चलचित्रमा स्वस्तिमा र निश्चलसँगै विजय बराल, टीका पहारी, बसुन्धरा भुसाल, लोकेन्द्र लेखक, सिम्रन खड्का, सिरु विष्ट, अमीर गौतम, लुनिभा तुलाधर, मुकुन्द मैनाली, रामबाबु रेग्मी लगायतको पनि अभिनय छ । यो चलचित्र आगामी असोज १७ गते अर्थात् घटस्थापनबाट प्रदर्शनमा आउने छ ।

यो चलचित्रको यसअगाडी ‘बिहे गर्ने कि नगर्ने ?’ र ‘उडायो मन’ गरी दुई गीत सार्वजनिक भइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *