अभिनेता तथा निर्देशक विराज भट्टको निर्देशनमा तयार भएको चलचित्र ‘१२ गाउँ’को टिजर सार्वजनिक भएको छ । शुक्रबार निर्माणपक्षले यो चलचित्रको एक्सन प्रधान टिजर सार्वजनिक गरेको हो ।
आगामी असोजको २४ गते अर्थात् फूलपातिलाई प्रदर्शन घोषणा गरेको यो चलचित्रको सार्वजनिक टिजरमा अभिनेता तथा निर्देशक विराज भट्ट र उनका छोरा समीर भट्ट एक्सन अवतारमा प्रस्तुत छन् । टिजरमा बाउछोराको एक्सन अवतार देख्न सकिन्छ ।
अभिनेता समीर भट्टको मुख्य भूमिका रहेको यो चलचित्रबाट समीर भट्टले नेपाली चलचित्र क्षेत्रमा डेब्यु गरेका हुन् । यो उनको पहिलो डेब्यु चलचित्र हो । विराजले नेपाली चलचित्रलाई अन्तराष्ट्रिय बजारमा पुर्याउने उद्देश्यसहित आफूहरूले निकै मिहिनेत गरेको जनाएका छन् ।
चलचित्रमा अर्जुन पोखरेल र निरजको संगीत, रामजी लामिछाने, सुनिल क्षेत्री र कविराज गहतराजको कोरियोग्राफी तथा प्रवीन केएल र भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ भने विराज स्वंयमको कथा र सन्तोष सरकारको पटकथा तथा संवाद लेखन छ ।
यो चलचित्रमा नायक तथा निर्देशक विराज भट्ट र समीर भट्टको अलावा पूर्व ‘मिस नेपाल इन्टरनेशनल’ न्यान्सी खड्का, मोडल सनिशा भट्टराई, मुरलीधर, दीया मास्के, अर्जुन जंग शाही, कनिज कोइराला, नरेन खड्का, कृष्ण भट्ट, सोनु चन्द्रपाल, कालु राना, भिष्म जोशी, तारा शर्मा, शुलेमान शंकर (इकु), किशोर भट्ट, सन्तोष सरकार, स्टन्ट सिल्भा (साउथ चलचित्रका चर्चित कलाकार) लगायतको पनि अभिनय रहेको छ ।