बाबु साहेब बलामी निर्देशित चलचित्र ‘देववाणी’ आगामी मङ्सिर ७ गते रिलिज हुने भएको छ । यो चलचित्रको बिहीबार एक पोस्टर सार्वजनिक गर्दै रिलिज पका भएको हो ।
सार्वजनिक पोस्टरमा यो चलचित्रको मुख्य नायक कुन्दन भारद्वाज र नायिका अनुजा लेप्चा फिचर्ड छन् । उनीहरूलाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ ।
मौसम फिल्मस् प्रोडक्सन हाउस र अनुजा इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको चलचित्रको छायांकन सिमरा, वीरगन्ज, इटहरी र काठमाडौँमा गरिएको हो।
यो चलचित्रमा निराजन मेहता मन्जिलको पटकथा तथा संवाद, हरिबहादुर घलेको छायाङ्कन, श्री श्रेष्ठ र देव महर्जनको द्वन्द्व, रामजी लामिछाने र तेन्जु योञ्जनको कोरियोग्राफी, मनोहर सुनाम र सन्तोष प्रगाढको सङ्गीत, बन्दे प्रसादको सम्पादन छ । मिना खड्का र हिराबहादुर लेप्चा निर्माता रहेको चलचित्रको कार्यकारी निर्माता मनकुमार लेप्चा र रमेश ढुङ्गेल ‘झापाली’ हुन् ।
नेपाली र हिन्दी भाषामा निर्माण भएको यो चलचित्रमा कुन्दन भारद्वाज, अनुजा लेप्चा, सुनिल थापा, ध्रुव कोइराला, नन्दु श्रीवास्तव, अमिता श्राप, मौसम पौडेल, देव सिंह, प्रदीप ढकाल, सरिता भण्डारी, लक्ष्मीनाथ तिमल्सिना, काजोल राघवाणी र मौसम पौडेलको अभिनय छ ।