‘कार्साङ’मा दयाहाङको ‘क्यारेक्टर लुक्स’

३२ साउन २०८१ ५:४५

छायांकन अन्तिम चरणमा रहेको चलचित्र ‘कार्साङ’को एउटा तस्बिर बाहिर आएको छ । सेटबाट बाहिरिएको तस्बिरमा दयाहाङ राई र सिर्जना निङ्लेकु प्रस्तुत छन् ।

सार्वजनिक यो तस्बिरमा सिर्जनासँग दयाहाङ गाउँले गेटअपमा छन् । उनको छेउमा ढ्याङ्ग्रो छ । कतै बिजुवा बस्न जाँदै गरे जस्तो देखिन्छ । ढ्याङग्रोले चलचित्रमा दयाहाङ बिजुवा (धामी)को क्यारेक्टरमा छन् कि भन्ने अनुमान लगाउन सकिन्छ ।

साउन १५ गते सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकास्थित यार्सा बाट छायांकन थालिएको यो चलचित्रको मुख्य भूमिकामा अभिनेता दयाहाङ राईको छन् ।

यार्सा फिल्मस् र पुरुषोत्तम प्रधान फिल्मसको प्रस्तुतिमा निर्माण भएको यो चलचित्रमा यम शेर्पाले निर्देशन गरिरहेका छन् । उनको यो डेब्यू निर्देशकिय चलचित्र हो । चलचित्रमा निर्देशक स्वयंमको कथा, पटकथा तथा संवाद लेखन रहेको यो चलचित्रका निर्माता र छायांकार पुरुषोत्तम प्रधान हुन् ।

गोविन्द बोहरा सह–निर्माता रहेको चलचित्रका कार्यकारी निर्माता आङछिरिङ शेर्पा, लाइन प्रोड्युसर वीरेन्द्र शाही, मनोज थापा मगर, सेलो गायक एवम् संगीतकार विश्व दोङ संगीत, मुख्य सहायक निर्देशकमा सुदीप कुँवर, अभि लामाको कोरियोग्राफी, दिलीप पन्त प्रोडक्सन म्यानेजर हुन् ।

सोसल ड्रामा चलचित्रमा दयाहाङ राई, सिर्जना निङ्लेकु, जितु नेपाल, दीया मास्के, बुद्धि तामाङ, सृष्टि गौतम, छुकी शेर्पा, एसएिली लिम्बू, राशी लिम्बु, सोहन थापा, कर्मा शेर्पा, छोकी शेर्पा, पवन गोलेको अभिनय रहनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *