‘सतीदेवी’को ‘माया बसेको रैछ’ बोलको गीत सार्वजनिक

३२ साउन २०८१ ४:४३

लक्ष्मण सुवेदीको लेखन, निर्माण र निर्देशनमा तयार भएको चलचित्र ‘सतीदेवी’को नयाँ गीत सार्वजनिक गरिएको छ । बिहीवार निर्माणपक्षले ‘माया बसेको रैछ’ बोलको सार्वजनिक गरेको हो ।

सार्वजनिक गीतमा लक्ष्मण सुवेदीको शब्द, दीपक शर्माको संगीत, प्रताप दास र दीपा लामाको स्वर छ । गीतको भिडियोमा मुख्य कलाकार मलिका महत र सन्दिप बाबु लोहनीको रोमान्टिक अवतार प्रस्तुत छ ।

दिलासा, सारा, योगेश, विवेक, समीक्षा, लक्की, लोक प्रसाद र श्रीदेवी सुवेदीको लगानी रहेको यो चलचित्र नारीप्रधान हो । यो चलचित्रमा तारा थापाको सम्पादन, दीपक शर्मा र सुभाष भुसालको संगीत, रामजी लामिछानेको कोरियोग्राफी, देव महर्जनको एक्सन छ ।

आगामी भदौको ७ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने यो चलचित्रमा हर्षिका वली, मन्जिला बानियाँ, रमेश वुढाथोकी, कुल बहादुर अधिकारी, भोलाराज सापकोटा, श्रृजना अधिकारी, सुजिता सिवाकोटी, सन्देश लिम्बु, मनीषा सापकोटा लगायतका कलाकारहरुको अभिनय छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *