ए प्लस इन्टरटेन्मेन्ट र नटराज क्रियशनको ब्यानरमा निर्माण भएको चलचित्र ‘के घर के डेराः घर नम्बर २’को प्रदर्शन मिती तय भएको छ । मंगलबार यो चलचित्रको वितरक कम्पनी रिच इन्टरटेन्मेन्टका प्रमुख करण श्रेष्ठले आगामी माघको ११ गतेलाई प्रदर्शन मिती तय गरेको जनाएको हो ।
साउनको २५ गतेबाट छायांकन सुरु भएको यो चलचित्र सामाजिक कथावस्तुमा निर्माण गरिएको हो । यो चलचित्रको छायांकन सुरु भएको एक हप्तामै प्रदर्शन मिति तय गरिएको हो ।
चर्चित लेखक बुद्धिसागरको लेखन, कथा र पटकथा रहने यो चलचित्रमा शरद श्रेष्ठ, किरण महर्जन र राजिव श्रेष्ठ निर्माताको रुपमा छन् । युवराज कार्की यो चलचित्रका कार्यकारी निर्माता हुन् ।
निर्देशक दीपेन्द्र के खनालको निर्देशनमा तयार भएको यो चलचित्रलाई काठमाडौंका आसपासका क्षेत्रमा छायांकन गरिनेछ । यो चलचित्रको सह-निर्माता ओम प्रकाश अग्रवाल र महेश किजु हुन् । यो चलचित्रको डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ ।
यो चलचित्रमा खगेन्द्र लामिछाने, निश्चल बस्नेत, आर्यन सिग्देल, केकी अधिकारी, उपासना सिंह ठकुरी, प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, रुविना घिमिरे लगायतका कलाकारहरूको अभिनय छ । चलचित्रलाई काठमाडौंमा रिच इन्टरटेन्मेन्ट र काठमाडौं बाहिर एफडी कम्पनीले वितरण गर्ने छ ।