बुलाकी’को नयाँ गीत ‘रातले कुर्या चन्द्रमा’

२८ साउन २०८१ १४:५८

यही शुक्रबार अर्थात साउन ३२ गतेबाट रि-रिलिजमा आउने तयारीमा रहेको चलचित्र ‘बुलाकी’को नयाँ गीत सार्वजनिक गरिएको छ । रिलिज मिती नजिकिदै गर्दै निर्माणपक्षले सोमबार ‘रातले कुर्या चन्द्रमा’ बोलको गीत सार्वजनिक गरेको हो ।

सार्वजनिक गीतमा बाबुल गिरीको संगीत, करण परियार र अन्नु चौधरीको स्वर छ । गीतको भिडियोमा सुरक्षा पन्त र कलाकार विराज विष्ट फिचर्ड छन् । कर्णालीको ग्रामीण जीवन र महिलाको दुःखलाई प्रस्तुत यो चलचित्रका प्रस्तुतकर्ता तथा अभिनेता विराज विष्टले ‘बुलाकी’ले कर्णालीको माटो, कला, संस्कृति, भाषालाई यो चलचित्रमा उठान गरेको बताए ।

टोपेन्द्र विष्ट निर्माता र शिवराज पौडेल कार्यकारी निर्माता रहेको चलचित्रमा शिव ढकालको छायांकन, राजबहादुर सानेको लेखन तथा चलचित्र चौतारीको सम्पादन छ ।

गत वर्षको बैशाखमा रिलिजमा आएको यो चलचित्र ‘जारी’का कारण पर्याप्त शोज नपाएपछि यसका निर्माताले दुई दिनमै हलबाट उतारेका थिए । अहिले एक वर्षपछि पुन: रिलिजमा आउन लागेको हो ।

निर्देशक लक्ष्मण सुनारको निर्देशनमा निर्माण गरिएको यो चलचित्रमा रमेश बुढाथोकी, लक्ष्मी गिरी, सुशील पोखरेल, कुलदीप अधिकारी, धनबहादर राई, लक्ष्मण देवकोटा, झलनाथ खत्री, सोनु सेढाइ, प्रकाश कँडेल लगायतको पनि अभिनय छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *