‘ह्रस्व दीर्घ’को पहिलो गीत ‘उठेर नाचिस्यो, बसेर नाचिस्यो’
२७ साउन २०८१ ६:२९
नीता फिल्मस्को प्रस्तुतिमा निर्माण भएको चलचित्र ‘ह्रस्व दीर्घ’को पहिलो गीत सार्वजनिक गरिएको छ । शुक्रबार ‘उठेर नाचिस्यो, बसेर नाचिस्यो’ बोलको गीत सार्वजनिक गरिएको हो ।
आगामी असोजको ३ गतेबाट प्रदर्शनमा आउने यो चलचित्रको सार्वजनिक गीतको भिडियोमा च्लचित्रका मुख्य कलाकारहरू नीता ढुंगाना, हरिहर अधिकारी र प्रदीप राउत फिचर्ड छन् । गीतको भिडियो गज्जबको बनेको छ ।
सार्वजनिक यो गीतमा दुर्गेश थापाको शब्द, संगीत र स्वर समावेश छ। साथमा सदिक्षा कट्टेलको पनि स्वर दिएकी छिन् । यो चलचित्रमा कार्यकारी निर्माता धनन्जय गलानी, हरिहरको कथा, प्रतीक पौडेल, चन्द्र पन्त र हरिहरको पटकथा तथा संवाद छ ।
निर्देशक चन्द्र पन्तको निर्देशनमा तयार भएको यो चलचित्रमा कविरलालको छायांकन रहेको छ । यो चलचित्रमा नेपाली, तेलुगु र हिन्दी भाषामा रिलिज गर्ने तयारी यसको निर्माणपक्षको छ ।
चलचित्रमा ब्रहानन्दम, अली, कविर दुहान सिंह, सुनिल वर्मा, प्रशान्त ताम्राकार, सञ्चिता लुइटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्दि तामाङ, किरण केसी, रेखा थापा लगायतका कलाकारहरुको अभिनय छ ।