हमालपछि ‘नरसिंहाः अवतार’मा नीतिको इन्ट्री

२५ साउन २०८१ १२:०२

निर्देशक दिवाकर भट्टराईको निर्देशन रहने नयाँ चलचित्र ‘नरसिंहाः अवतार’मा नायिका नीति शाहको इन्ट्री भएको छ । उनले यो चलचित्र बिहीवार साइन गरेको निर्माणपक्षले जनाएको छ । केही दिन अगाडि यो चलचित्रको लागि महानायक राजेश हमाल फाइनल भइसकेका छन् ।

नायिका नीति शाहको यो चलचित्रमा प्रवेश भएसङै अब उनले महानायक राजेश हमाल सँग रोमान्स गर्ने पक्का भएको छ। एक्सन प्रधान चलचित्र ‘नरसिंहाः अवतार’को स्क्रिप्टमा अहिले निर्देशक भट्टराईले काम गरिरहेका छन् ।

आगामी भदौ महिनाबाट छायांकन सुरु हुने यो चलचित्रका लागि अझै दुई नायिका र एक नायकको खोजी भइरहेको निर्देशक भट्टराइले जनाए । क्रिएटिभ सिने आर्टको प्रस्तुति रहने यो चलचित्रको लगानी तीन करोडभन्दा माथि हुने बताइएको छ ।

प्रेम नगरि पोखरा लगायत आसपासका जिल्लामा छायांकन हुने यो चलचित्र मार्फल महानायक हमालले ८ बर्षपछि अभिनयमा पुन: कमब्याक गर्दैछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *