आगामी भदौको २१ गतेबाट सार्वजनिक प्रदर्शनमा आउन लागेको चलचित्र ‘रावायण’को दोस्रो पोस्टर सार्वजनिक गरिएको छ । शुक्रबार निर्माण युनिटले नायिका पूजा शर्मा र पल शाहलाई फिचरिङ गरेर चलचित्रको दोस्रो पोस्टर सार्वजनिक गरेको हो ।
सार्वजनिक यो चलचित्रको दोस्रो पोस्टरमा मुख्य नायक पल शान्त अवतारमा देखिएका छन् भने नायिका तथा यो चलचित्रकी निर्मात्री पूजा शर्मालाई रिसाह अवतारमा देख्न सकिन्छ । यो चलचित्रको पहिलो पोस्टरमा नायक पल शाहको एङ्ग्री अवतार देखाइएको थियो ।
सुदर्शन थापा प्रोडक्शन र पूजा शर्मा प्रोडक्शनको ब्यानरमा निर्माण भएको यो चलचित्रलाई पूजा शर्माले एकल निर्माण गरेकी हुन् । यो चलचित्रका कार्यकारी निर्माताको रुपमा सुशन पाठक छन् ।
निर्देशक सुदर्शन थापाको निर्देशन रहेको यो चलचित्रमा शिवम् अधिकारीको लेखन, सुदर्शन थापाको कथा, प्रदीप श्रीवास्तवाको पटकथा, सौरभ लामाको डीओपी, मिलन श्रेष्ठको सम्पादन र श्री श्रेष्ठको एक्सन रहेको छ ।
यो चलचित्रमा पल शाह, पूजा शर्माको साथमा प्रियंका कार्की, प्रमोद अग्रहरी, निकिता चण्डक, प्रकाश शाह, कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ल, प्रदीप ढकाल लगायतका कलाकारहरुको अभिनय छ ।