माघ ११ बाट फागुन २९ मा पुग्यो ‘अञ्जिला’को रिलिज

२५ साउन २०८१ ११:१२

आगामी माघ ११ गते प्रदर्शन हुने भनिएको चलचित्र ‘अञ्जिला’को रिलिज मिति सारिएको छ। यो चलचित्र अब फागुन २९ गते रिलिज हुने भएको हो ।

महिला राष्ट्रिय फुटबल टिमकी नम्बर एक गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित नेपाली चलचित्रका निर्देशक चाम्सले सबैपक्षहरू मिलाउने क्रममा रिलिज मिति सार्नुपरेको बताएका छन्।

मुन लभ इन्टरटेन्मेन्टको ब्यानरमा प्रेम श्रेष्ठले निर्माण गरेको यो चलचित्रको छायांकन एञ्जिलाकै जन्मथलो इलामको आइतबारे, झापा, र काठमाडौँमा गरिएको छ। निर्देशक चाम्सले यो चलचित्रले फरक प्रकारको छाप छोड्ने दाबी गरेका छन्। चलचित्र एञ्जिलाको बाल्यकालदेखि खेल जीवनसम्मको सङ्घर्ष र सफलताको कथामा आधारित रहनेछ।

विनोद अग्रवाल र राजेश बगडिया सह-निर्माता रहेको यो चलचित्रको डिओपी सुदीप बराल, सम्पादन मिलन र विनोद सुवेदी खत्री निर्माण नियन्त्रक हुन्।

निर्देशक मिलन चाम्सको निर्देशन रहेको यो चलचित्रमा एञ्जिलाको मुख्य भूमिकामा छ । साथै दयाहाङ राई, सिर्जना सुब्बा, माओत्से गुरुङ, बुद्धि तामाङ लगायत कलाकारहरूको अभिनय रहनेछ। निर्माता प्रेम कुमार श्रेष्ठले पनि चलचित्रमा प्रमुख भूमिका निर्वाह गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *