गोदावरीबाट ‘घर नम्बर २’ को छायांकन सुरु

२५ साउन २०८१ ७:३०

निर्देशक दीपेन्द्र के. खनालको निर्देशनमा चलचित्र ‘के घर के डेराः घर नम्बर २’ को छायांकन सुरु भएको छ । शुक्रबार ललितपुरको गोदावरीबाट यो चलचित्रको औपचारिक छायांकन सुरु गरिएको हो ।

यो चलचित्रको पहिलो दिन नायक आर्यन सिग्देल र नायिका केकी अधिकारीले छायांकन सुरु गरेका हुन् । त्यस्तै, कलाकार निश्चल बस्नेत र उपासना सिंह ठकुरीले शनिबारदेखि सुटिङमा सामेल हुने निर्माणपक्षले जनाएको छ ।

यो चलचित्रको सबै छायांकन काठमाडौं आसपासका क्षेत्रमा गरिने जनाईएको छ । चलचित्रको छायांकन सेड्युल ३० दिनको तय गरिएको छ ।

यसैवर्ष प्रदर्शन गर्ने लक्ष लिएको यो चलचित्रको कथा उपन्यासकार बुद्धिसागरले लेखेका छन् । पहिलोपटक उनको लेखनमा चलचित्र बन्न लागेको हो ।

यो चलचित्रमा शरद श्रेष्ठ, किरण महर्जन र राजिव श्रेष्ठ निर्माता तथा युवराज कार्की कार्यकारी निर्मातामा छन् । चलचित्रलाई सामाजिक कथावस्तुमा निर्माण गरिने जनाइएको छ । यो चलचित्र २०७९ सालमा आएको ‘के घर के डेरा’को सिक्वेल हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *