दिवाकरको ‘नरसिंहाः अवतार’बाट कमब्याक गर्दै महानायक हमाल

२४ साउन २०८१ ७:३८

निर्देशक दिवाकर भट्टराईको निर्देशन रहने नयाँ चलचित्रको नाम घोषणा गरिएको छ । बिहीवार निर्माणपक्षले चलचित्रको थिम पोस्टर सार्वजनिक गर्दै चलचित्रको नाम ‘नरसिंहाः अवतार’ राखिएको हो।

सार्वजनिक उक्त थिम पोस्टरले युद्धको सङ्केत गर्छ। थिम पोस्टरमा रातो र निलो रङ प्रयोग गरिएको छ । दायामा रातो (आगो) र दायातर्फ निलो समुद्रको रङ छ । यसले यो चलचित्रको कथा युद्ध र शान्तिको हुने संकेत गरेको छ । साथै पोस्टरमा नरसिंहाको उग्र अवतार छ ।

नरसिंहाको अर्थ – भगवान विष्णुको उग्र अवतार हो। नरसिंह रूप यो दश अवतार मध्ये चौथो अवतार हो। नरसिंह नामका अनुसार यस अवतारमा भगवानको आधा पुरुषको र आधा शरीर सिंहको धारण गरेका थिए । दैत्य हिरण्यकश्यपले भगवानसँग तपस्या गरेका थिए र चलाखीपूर्वक वरदान मागेका थिए। त्यसपछि सबै देवताहरूले शिवको शरण लिए र नरसिंहको क्रोध शान्त गर्ने कुरा गर्न थाले। नरसिंहको क्रोध शान्त गर्न शिवले सर्वेश्वरको अवतार लिनु परेको थियो । दुवैबीच १८ दिनसम्म युद्ध चल्यो र १८औँ दिनमा भगवान नरसिंहले थाकेर आफ्नो प्राण त्याग गरेका थिए ।

यो चलचित्रबाट महानायक राजेश हमालले कमब्याक गर्दैछन्। महानायक हमालले लामो समयको ब्रेकपछि पुन: अभिनयमा कमब्याक गर्न लागेका हुन् । हमालले आइतबार निर्माणपक्षसँग कागजी सम्झौता पनि गरेका थिए । उनले लामो समयको अन्तरालपछि दिवाकरको चलचित्रबाट दर्शकमाझ फर्किन लागेका हुन् ।

क्रिएटिभ सिने आर्टको प्रस्तुति रहने यो चलचित्रको लगानी तीन करोडभन्दा माथि हुने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *