दीपेन्द्रको ‘के घर के डेरा २’मा केकी र उपासनाको इन्ट्री

२४ साउन २०८१ ४:३६

दीपेन्द्र के. खनालको निर्देशनमा बन्न लागेको चलचित्र ‘के घर के डेराः घर नम्बर २’ मा अभिनेत्रीद्वय केकी अधिकारी र उपासना सिंह ठकुरीको इन्ट्री भएको छ । 

यो चलचित्रमा यसअघि फिल्ममा खगेन्द्र लामिछाने, आर्यन सिग्देल र निश्चल बस्नेत मुख्य भूमिकामा अनुबन्धित भइसकेका छन् । चलचित्रमा केकी र उपासना कसको अपोजिटमा हुनेछन भन्ने स्पष्ट भएको छैन ।  

यही साउन २५ गतेदेखि छायांकन सुरु हुन लागेको चलचित्र उपन्यासकार बुद्धिसागरले लेखिरहेका छन् । पहिलोपटक उनको लेखनमा चलचित्र बन्न लागेको हो ।

यो चलचित्रमा शरद श्रेष्ठ, किरण महर्जन र राजिव श्रेष्ठ निर्माता तथा युवराज कार्की कार्यकारी निर्मातामा छन् । चलचित्रलाई सामाजिक कथावस्तुमा निर्माण गरिने जनाइएको छ । यो चलचित्र २०७९ सालमा आएको ‘के घर के डेरा’को सिक्वेल हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *