म स्टार नभएर चन्द्रमा बन्नु छ : सुरक्षा पन्त

२३ साउन २०८१ ७:४९

यही साउनको ३२ गतेबाट सार्वजनिक प्रदर्शनमा रहेको चलचित्र ‘बुलाकी’ हो । यो चलचित्रकी नायिका सुरक्षा पन्तले सोमबार पत्रकार समेलनको क्रममा आफू स्टार नभएर चन्द्रमा भएको बताएकी छिन् ।

उनले मिडियासँग कुराकानी गर्दै भनिन्–‘म स्टार होइन। म त चन्द्रमा हो । मलाई स्टार हुनु छैन । मलाई चन्द्रमा हुनु छ। जसले सबैलाई उज्यालो मात्र दिन्छ । समुन्द्रमा आँधी ल्याउन सक्छ । स्टार त धेरै छ ।’

उनी अगाडि भन्छिन, ‘प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा मेरो यात्रा त्यतातिर लाग्दैछ भने पनि त्यो जिम्मेवारीलाई शतप्रतिशत निभाउने प्रयास गर्छु । ममा त्यति निष्ठा चाहिँ छ ।’ तर, यसो भन्दै गर्दा आफू स्टार हुने बाटोमा रहेको खण्डमा त्यसलाई निर्वाह गर्ने प्रयास भने गर्ने उनको भनाई छ । उ

टोपेन्द्र विष्ट निर्माता र शिवराज पौडेल कार्यकारी निर्माता रहेको चलचित्रमा शिव ढकालको छायांकन, राजबहादुर सानेको लेखन तथा चलचित्र चौतारीको सम्पादन छ ।

गत वर्षको बैशाखमा रिलिजमा आएको यो चलचित्र ‘जारी’का कारण पर्याप्त शोज नपाएपछि यसका निर्माताले दुई दिनमै हलबाट उतारेका थिए । अहिले एक वर्षपछि पुन: रिलिजमा आउन लागेको हो ।

निर्देशक लक्ष्मण सुनारको निर्देशनमा निर्माण गरिएको यो चलचित्रमा रमेश बुढाथोकी, लक्ष्मी गिरी, सुशील पोखरेल, कुलदीप अधिकारी, धनबहादर राई, लक्ष्मण देवकोटा, झलनाथ खत्री, सोनु सेढाइ, प्रकाश कँडेल लगायतको पनि अभिनय छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *