भोली मंगलबारबाट छायांकन सुरु हुने चलचित्र ‘माइली’को शुभमुहर्त गाह्रोइेको छ । सोमबार काठमाडौंको भद्रकाली मन्दिरमा यो चलचित्रको नरिवल फुटाएर पूजाआजा गर्दै मुहर्त सर्ट खिचिएको हो ।
निर्देशक बाबु साहेब बलामीको कन्सेप्ट र निर्देशन रहेको यो चलचित्रको मुहुर्तमा मुख्य कलाकार तथा प्राविधिकहरुको उपस्थितमा मुहर्त सम्पन्न गरिएको छ । चलचित्रलाई नायिका प्रियंका कार्की र नव कलाकार कमला घिमिरेले मुहुर्त सर्ट दिएका थिए । यो चलचित्रमा प्रियंका र कमला आमाछोरीको भूमिकामा प्रस्तुत छन् ।
मकवानपुरको वीरखर्ग, कुलेखानी, काठमाडौं र दुबईमा खिचिने यो चलचित्र सत्य घटनामा आधारित रहेर निर्माण हुनेछ। यो चलचित्र मार्फत महिलाको पीडा देखाउदै ‘दलित महिलाको श्रीमान नभएपछि समाजले ऊमाथि कस्तो दृष्टि लगाउछ ? उसका स–साना नाबालक छोरी हुर्काउन कति कठिन हुन्छ ? यहि समाज जातियताको आडमा कसरी प्रताडित गर्छ भन्ने कथा यो चलचित्र पेश गर्ने निर्देशक बलामीले बताए ।
रुना इन्टरटेन्ट्मेन्टको ब्यानरमा निर्माण हुन लागेको यो चलचित्रमा शंकर अधिकारी ‘घायल’को गीत, पटकथा र सम्बाद, राजेन्द्र बजगाइको संगीत, शिव ढकालको छायांकन, केवलमान सिंह बस्नेतको प्रोडक्सन, समीर मियाँको सम्पादन र रामजी राउतको मुख्य सहायक निर्देशन रहनेछ ।
चलचित्रमा प्रियंका कार्की, करिश्मा मानन्धर, शर्मिला मल्ल, कमला घिमिरे, सुष्मा लामा, अंशु महर्जन, कुसुम शर्मा, प्रिया रिजाल, गीता अधिकारी, सरिता भण्डारी, प्रितिका शर्मा, आश्मा पाण्डे र रेश्मा केसीको अभिनय रहनेछ ।