भदौ ७ गतेलाई प्रदर्शन घोषणा गर्दै ‘नमेटिने घाउ’को फस्टलुक रिलिज, उच्च स्थानमा प्रधानमन्त्री ओली

२१ साउन २०८१ ५:४७

आगामी भदौ ७ गतेलाई प्रदर्शन मिति फाइनल गर्दै चलचित्र ‘नमेटिने घाउ’को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । यो चलचित्रको सोमबार रिलिज मिती घोषणा गर्दै निर्माणपक्षले भदौ ७ गते यो चलचित्र सार्वजनिक प्रदर्शनमा आउने जनाएको हो।

सार्वजनिक यो चलचित्रको पोष्टरमा अहिलेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई मुख्य रुपमा स्थान दिइएको छ । उनका साथमा प्रहरी उपरीक्षकद्धय बाल नर्सिह राणा र कुमुद ढुंगेल, प्रहरी निरिक्षक जेआर शर्मा लगायत प्रस्तुत छन् ।

सत्य घटनामा आधारित यो चलचित्रमा पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल र राप्रपा नेता ज्ञानेन्द्र शाहीको समेत अभिनय रहेको छ । एसिड सर्भाइभरहरुको बास्तविक जीवनीमा आधारित यो चलचित्र एसिड आक्रमणमा परेका ३३ जना पीडितहरुको कथालाई समेटेर निर्माण गरिएको छ ।

अभिनेता रमित ढुङ्गानाले निर्देशन तथा निर्माण गरेको यो चलचित्रमा शिवम् अधिकारीको कथा र पटकथा छ । चलचित्रमा निरज कंडेलको छायांकन ,बनिश शाहको सम्पादन ,ओम सुनारको संगीत र किरण ढकालको एक्शन रहेको छ ।

रमित ढुंगाना फिल्म प्रोडक्शनको ब्यानरमा निर्माण गरिएको यो चलचित्रमा मुस्कान खातुन, प्राप्ति पौडेल ,इभा गिरी, कमल देबकोटा,सन्दीपबाबु लोहनी, रचना गौतम, प्रभात पाल ठकुरी, आरती आचार्य, अखिल बजगाईं, उपेक्षा न्यौपाने, क्रान्ति शाह, वीरेन्द्र सिंह कुसुहा,लालना चिमोरिया,स्वस्तीमा कार्की, लिजा कोरानी,एलिसा गुरुङ,बिशाल देबकोटा ,आरजु अधिकारी ,आरजु लेखक लगायतको अभिनय रहेको छ ।चलचित्रमा सुरवीर पण्डित, सुनील कटुवाल पुराना अनुहार रहने छ भने मुख्य भूमिकामा अधिकांश नयाँ अनुहारहरुको अभिनय रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *