‘नम्बरी सुन’ विशुद्ध नेपाली अग्र्यानिक कथा हो : नम्रता

२० साउन २०८१ ६:००

यही साउन २५ गतेबाट रिलिज हुने चलचित्र ‘नम्बरी सुन’मा नायिका नम्रता सापकोटा मुख्य भूमिकामा छिन् । उनी लामो समयपछि दर्शकमाझ आउँदैछिन् ।

यो चलचित्रमा उनी ग्रामीण सोझी युवतीको भूमिकामा छिन् । ‘म खानदानी परिवारको मुखियाकी छोरीको भूमिकामा छु । ऊ एउटा राम्रो परिवारको मुखियाकी छोरी भएर पनि साधारण छे । उसमा घमण्ड छैन । उसको प्रेम आफू भन्दा तल्लो जातको व्यक्तिसँग हुन्छ’, आफ्नो चरित्रबारे नम्रता भन्छिन् ।

आफ्ना हरेक फिल्ममा फरक फरक चरित्र निभाउन चाहने नम्रता दर्शकले आफूलाई सोही फरक चरित्रमा ‘नम्बरी सुन’मा हेर्न पाउने दाबी गर्छिन् । ‘आफ्नो प्रेम प्राप्तिका लागि मेरो पात्र लड्छे । आफूले माया गरेको प्रेमीका लागि कुन हदसम्म जानसक्छे भन्ने किसिमको चरित्रमा देखिन्छु’, उनी भन्छिन् ।

उनी अगाडि भन्छिन्, ‘मैले अहिलेसम्म सोझो, बदमास, चुलबुले चरित्र निभाएँ । तर ‘नम्बरी सुन’मा शुद्ध इन्टेन्स लभ देखिन्छ । मैले यो चलचित्रमा धेरै बोल्नु पनि परेको छैन । मेरो एक्सप्रेसिभ क्यारेक्टर छ । भाव नै प्रकट गरेको छु जस्तो लाग्छ’, नम्रता खुल्छिन् ।

उनलाई ‘डार्क’ किसिमको चलचित्रमा काम गर्ने इच्छा रहेको सुनाउदै भनिन्, ‘मलाई अलिकति डार्क टाइपको चलचित्र गर्ने इच्छा छ । मलाई डेप्थ किसिमको प्रेमकथामा काम गर्न मन छ । सुटिङ गरेर घर जाँदा मलाई आफैलाई पुगेकै हुँदैन । भोकाई रहेको बेलामा थोरैमात्र खानेकुरमा पायो भने कस्तो खुशी भइन्छ नि त्यस्तै खालको सन्तुष्ट हुने काम गर्ने इच्छा छ’, उनी भन्छिन्, ‘कतिवटा काम गरें । अझै गर्न बाँकी छ । तर मलाई त्यस्तो खालको काम आइदिए हुन्थ्यो, जहाँ चाहिँ म एकदमै डेप्थमा बसेर काम गर्न पाउँ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *