बलात्कार विरुद्धको कथा ‘देवी’को टिजर

२० साउन २०८१ ५:३८

आगामी भदौ २१ गते तीजको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्र ‘देवी’को टिजर सार्वजनिक गरिएको छ । शनिबार युट्युब मार्फत सार्वजनिक गरिएको यो चलचित्रको टिजरमा चलचित्रका मुख्य कलाकार फिचर्ड छन् ।

सार्वजनिक १ मिनेट ३० सेकेण्डको टिजरले समाजमा घट्ने बलात्कार जस्ता अपराजन्य घटनामा कानुनले पार्ने प्रभाव र त्यसले निम्त्याउने परिणामको कथालाई प्रस्तुत गर्छ ।

निर्देशक सञ्जोग राईको लेखन तथा निर्देशन रहेको यो चलचित्र क्राइम थ्रिलर जनरामा निर्माण गरिएको हो । निर्देशक राईलाई लेखनमा अजय गौतमले सघाएका छन् ।

एक्जिबिट स्टुडियोको प्रस्तुतिमा बाँसुरी फिल्मस्को सहकार्यमा निर्माण गरिएको यो चलचित्रमा सन्जेन थापाको एक्सन, रेमन गुरुङ, नारायण राई र संजोग राइको लगानी, जावेद खान कार्यकारी निर्माता, उजेन नोर्वे गुरुङ र मिलन लामा सह–निर्माता, जोएल फ्रोमलेको छायांकन, निर्देशक राई र अजय गौतमको पटकथा छ ।

यो चलचित्रमा शिल्पा मास्के, गौरव पहारी, नाजिर हुसेन, टीका पहारी, प्रभाकर न्यौपाने, ध्रुव कोइराला, निरिक्षा घतानी, विशाल पहारी, निरु खड्का, जीवन जंग खड्का र विकास पन्तको अभिनय छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *