प्रधानमन्त्री केपी शर्मा ओलीले चलचित्र ‘नमेटिने घाउ’मा आफुले गरेको अभिनयको डबिङ गरेका छन् । शनिबार प्रधानमन्त्री ओलीले स्टुडियोमा उपस्थिति भएर यो चलचित्रको डबिङ गरेका हुन् ।
सत्य घटनामा आधारित यो चलचित्रमा प्रधानमन्त्री ओलीसहित पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल र राप्रपा नेता ज्ञानेन्द्र शाहीको समेत अभिनय रहेको छ । एसिड सर्भाइभरहरुको बास्तविक जीवनीमा आधारित यो चलचित्रमा एसिड आक्रमणमा परेका ३३ जना पीडितहरुको कथालाई समेटेर निर्माण गरिएको छ ।
अभिनेता रमित ढुङ्गानाले निर्देशन तथा निर्माण गरेको यो चलचित्रमा शिवम् अधिकारीको कथा र पटकथा छ । चलचित्रमा निरज कंडेलको छायांकन ,बनिश शाहको सम्पादन ,ओम सुनारको संगीत र किरण ढकालको एक्शन रहेको छ ।
रमित ढुंगाना फिल्म प्रोडक्शनको ब्यानरमा निर्माण गरिएको यो चलचित्रमा प्रहरी उपरीक्षकद्वय बाल नर्सिहॅ राणा र कुमुद ढुगेल, प्रहरी निरीक्षक जे,आर शर्मा लगायत दुई सय भन्दा बढी प्रहरीको अभिनय रहेको छ।
चलचित्रमा मुस्कान खातुन, प्राप्ति पौडेल ,इभा गिरी, कमल देबकोटा,सन्दीपबाबु लोहनी, रचना गौतम, प्रभात पाल ठकुरी, आरती आचार्य, अखिल बजगाईं, उपेक्षा न्यौपाने, क्रान्ति शाह, वीरेन्द्र सिंह कुसुहा,लालना चिमोरिया,स्वस्तीमा कार्की, लिजा कोरानी,एलिसा गुरुङ,बिशाल देबकोटा ,आरजु अधिकारी ,आरजु लेखक लगायतको अभिनय रहेको छ ।चलचित्रमा सुरवीर पण्डित, सुनील कटुवाल पुराना अनुहार रहने छ भने मुख्य भूमिकामा अधिकांश नयाँ अनुहारहरुको अभिनय रहेको छ।