‘रावायण’को एक्सनप्रधान टिजर रिलिज, पलको यस्तो अवतार

१८ साउन २०८१ ९:०३

निर्देशक सुदर्शन थापाको निर्देशनमा तयार भएको चलचित्र ‘रावायण’को टिजर सार्वजनिक गरिएको छ । शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा यो चलचित्रको टिजर सार्वजनिक गरिएको हो ।

आगामी भदौ २१ गतेदेखि प्रदर्शन हुने यो चलचित्रको सार्वजनिक टिजरमा नायक पल शाह एक्सन अवतारमा प्रस्तुत छन् । उनी पूरै दाह्रीजुंगा र कपालको गेटअपका साथ एङ्ग्री अवतारमा देखिएका छन् । सार्वजनिक टिजरमा नायक पल शाहलाई दोहोरो अवतारमा देख्न सकिन्छ ।

नायिका पूजा शर्माको निर्माण रहेको यो चलचित्रमा शिवम् अधिकारीको लेखन, सुदर्शन थापाको कथा, प्रदीप श्रीवास्तवाको पटकथा, सौरभ लामाको छायांकन, मिलन श्रेष्ठको सम्पादन र श्री श्रेष्ठको एक्सन छ ।

सुसन पाठक कार्यकारी निर्माता रहेको यो चलचित्रमा पल र पूजाको अलावा प्रियंका कार्की, प्रमोद अग्रहरी, निकिता चाण्डक, प्रकाश शाह लगायतको अभिनय छ । सधैं लभर बोइको भूमिकामा देखिदै आएका पललाई यो पटक दर्शकले पूरै एक्सन अवतारमा पाउनेछन् ।

सार्वजनिक टिजरपछि यो चलचित्र दर्शकका लागि अझै प्रतिक्षित बन्ने देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *