‘१२ गाउँ’को नयाँ क्यारेक्टर पोष्टर रिलिज

१७ साउन २०८१ ५:५७

आगामी दसैंमा रिलिज हुने चलचित्र ‘१२ गाउँ’को नयाँ क्यारेक्टर पोष्टर सार्वजनिक गरिएको छ । सार्वजनिक यो पोष्टरमा नायक विराज भट्ट र उनका छोरा समीर भट्ट एक्सन अवतारमा फिचर्ड छन् । यी दुबैलाई रिसाह अवतारमा प्रस्तुत गरिएको छ ।

नेपाल र मुम्बइको विभिन्न स्थानमा छायांकन गरिएको यो चलचित्रको केही दिनमा टिजर रिलिज गर्ने निर्माणपक्षले बताएको छ । सार्वजनिक पोस्टरमा पनि टिजर केही दिनमा रिलिज गर्ने बताइएको छ ।

नायक भट्टको होम प्रोडक्सनमा निर्माण भएको यो चलचित्र बाट विराजका छोरा समीरले नेपाली चलचित्र क्षेत्रमा डेब्यु गर्दैछन् । त्यस्तै, यो चलचित्र विराजको दोस्रो चलचित्र हो । उनको पहिलो निर्देशकिय चलचित्र ‘साङ्लो’ हो । जुन व्यापारिक रुपमा सफल हुन भने सकेन् ।

एक्सन जनरामा निर्माण गरिएको यो चलचित्र दर्शकको लागि निकै प्रतिक्षित छ । यो चलचित्रमा विराज, र समीरक अलावा सनिषा भट्टराई, न्यान्सी खड्का लगायतका कलाकारको पनि अभिनय छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *