नायक सुशिल श्रेष्ठको मुख्य भूमिका रहेको चलचित्र ‘द आउटलः दफा २१९’को जापान अधिकार विक्री भएको छ । यो चलचित्रको टिजर सार्वजनिक भएपछि जापान अधिकार विक्री भएको निर्माणपक्षले जनाएको छ ।
यो चलचित्रको जापानमा चलचित्र वितरण गर्दै आएको यूएनए इन्टरटेन्मेन्टले खरिद गरेको हो । यो कम्पनीका प्रमुख उज्ज्वल गुरागाँइले चलचित्रको टिजर सार्वजनिक भएपछि दर्शकमा यो चलचित्रलाई लिएर उत्साह बढेको बताए । यसैले, आफ्नो कम्पनीले यो चलचित्र जापान अधिकार खरिद गरेको बताए ।
निर्देशक विक्की महर्जनले निर्देशन गरेको यो चलचित्रको निर्माता अमित अग्रहरि हुन् । चलचित्रलाई साहिल खानले सम्पादन गरेका हुन् ।
आगामी असोजको ३ गते संविधान दिवसको अवसर पारेर प्रदर्शन हुने तयारीमा रहेको यो चलचित्रको कथावस्तु केही पनि खुलेको छैन । यो चलचित्रमा सुशिल श्रेष्ठ, नरेश पौडेल, शिक्षा संग्रौला लगायतका कलाकारको अभिनय रहेको छ ।