पल शाहको ‘मोहर’मा इन्ट्री, नीति सँग जोडी पक्का

१५ साउन २०८१ ११:५०

निर्देशक ओम प्रतिकको निर्देशनमा तयार हुन लागेको चलचित्र ‘मोहर’मा नायक पल शाह अनुबन्धित भएका छन् । मंगलबार निर्माण टिमले नायक शाहलाई मुख्य भूमिकामा अनुबन्धित गरेको हो ।

सोमबार यो चलचित्रको निर्माण टिमा र नायक शाह विच कागजी सम्झौता भएको हो । यसअगाडी यो चलचित्रका लागि नायिका नीति शाह केही दिन अगाडि फाइनल भइसकेकी छिन् । नायक शाहले नायिका नीति सँग जोडी बाध्ने छन् । नीति र पलको यो पहिलो सहकार्य हो ।

मेकर्स प्रा.लिको प्रस्तुतिमा तयार हुन लागेको यो चलचित्रमा निर्देशक ओम प्रतिककै लेखन छ । यो चलचित्रलाई चुम्बन जंग शाहीले निर्माण गर्दैछन् ।

आगामी फागुनमा छायांकन सुरु हुने यो चलचित्रमा अनुबन्धित भएपछि नायक पल शाह निकै खुशी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *