४० दिनमा ‘पूर्ण बहादुरको सारङ्गी’को छायांकन प्याकअप

१५ साउन २०८१ ४:४१

चर्चित गायक प्रकाश सपूतको मुख्य भूमिका रहेको चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ को छायांकन सकिएको छ । ओखलढुङ्गाको रुम्जाटार क्षेत्रमा ३६ दिन र काठमाडौंमा ४ दिन गरी ४० दिनमा यो चलचित्रको सम्पूर्ण छायांकन ‘प्याकअप’ भएको हो ।

यो चलचित्रको अब पोस्ट प्रोडक्सनको काम सुरु गर्ने निर्माणपक्षको तयारी छ । यो चलचित्र भने अर्को वर्षभित्र रिलिज गरिने निर्माता विनोद पौडेलले बताए ।

निर्देशक सरोज पौडेलले निर्देशन गरेको यो चलचित्रमा निर्देशक पौडेल स्वयंको कथा, महेश दवाडीको पटकथा र संवाद छ ।

अन्तर्राष्ट्रिय बजारमा वितरण गर्दै आइरहेको कम्पनी सेभेन सिज इन्टरटन्मेन्टको ब्यानरमा निर्माण भएको यो चलचित्रको निर्माता विनोद पौडेल र प्याट्रिक सुवेदी तथा कार्यकारी निर्माता रमेश चौलागाईं र हरि श्रेष्ठ हुन् ।

गन्धर्व परिवारको कथा उठाएको यो चलचित्रमा प्रकाशसँगै माओत्से गुरुङ, देशभक्त खनाल, अञ्जना बराइली, मुकुन भुसाल, बुद्धि तामाङ, विजय बराल, भोलाराज सापकोटा, विनोद न्यौपाने, जान्भि पौडेल, स्वायम् केसी आदिको अभिनय रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *