गायक तथा मोडल दुर्गेश थापाले आफू अब पूर्ण रुपमा सुध्रिएको घोषणा गरेका छन् । उनले आइतबार आयोजित ‘झुम्का हरायो’ बोलको गीत सार्वजनिक कार्यक्रममा आफू पूर्ण रुपले सुध्रिएको सार्वजनिक रुपमै घोश्णा गरेका हुन् ।
अब सबै मान्छेले सुन्ने र हेर्ने टाइपको गीत बनाउने भन्दै उनले भने, ‘उमेर पनि बढ्दै गएर होला, अब चाहिं सबै मान्छेले सुन्ने र सबै मान्छेको अगाडि हेर्ने टाइपको गीत बनाउनुपर्छ भन्ने मेरो दिमागमा बस्यो । दुर्गेश बिग्रेर होइन, सुध्रिएर आउँदैछ।’
उनले अगाडि भने, बढ्दो उमेर र साथीभाइको संगतले गर्दा आफूमा परिवर्तन आएको बताउदै भने,’परिवर्तन अटोमेटिक हुने रहेछ । साथी सर्कलले हुने रहेछ। ‘पहिला–पहिला उट्पट्याङ गीतहरु हुन्थे । कतै सुन्न नमिल्ने पनि हुन्थे । अबदेखि त्यस्तो नराम्रो गीत कहिल्यै गाउदिन।’