निर्देशक चन्द्र पन्तको निर्देशनमा तयार भएको चलचित्र ‘ह्रस्व दीर्घ’को नयाँ पोस्टर सार्वजनिक भएको छ। आइतबार निर्माण टिमले सार्वजनिक गरेको यो चलचित्रको नयाँ पोष्टरमा नायक हरिहर अधिकारी एक्सन अवतारमा फिचर्ड छन् ।
नायक हरिहरको एक्सन अवतारको साथमा साउथका चर्चित कलाकारहरू प्रदीप राउत, सुनिल वर्मा, अली र नेपालका चर्चित कलाकार प्रशान्त ताम्रकारको एङ्ग्री अवतार प्रस्तुत गरिएको छ । सार्वजनिक पोस्टर हेर्दा यो चलचित्रमा हरिहरको एक्सन पाटो विशेष रहेको अनुमान गर्न साकिन्छ ।
नीता फिल्मस्को ब्यानरमा निर्माण भएको यो चलचित्रको अघिल्लो पोस्टरमा हरिहरको धार्मिक अवतार प्रस्तुत गरिएको थियो। त्यस्तै, अहिले सार्वजनिक पोस्टरमा उनको एक्सन अवतार प्रस्तुत गरिएको छ ।
आगामी असोजको ३ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने तयारीमा रहेको यो चलचित्रमा नीता ढुंगाना, हरिहर अधिकारीको साथमा विपना थापा, संचिता लुइटेल, गरिमा शर्मा, किरण केसी, साउथका कलाकार ब्रमानन्दमको पनि मुख्य भूमिका छ ।