सौरभले घोषणा गरे ‘कर्मा’

१० साउन २०८१ १३:३९

निर्देशक सौरभ चौधरीले नयाँ चलचित्र ‘कर्मा’को निर्माणको औपचारिक घोषणा गरेका छन् । बिहिबार यो चलचित्रको थिम पोस्ट सार्वजनिक गर्दै निर्माणको घोषणा गरिएको हो । सार्वजनिक थिम पोस्ट हेर्दा युद्ध लड्न हिँडेका सौनिहरु देख्न सकिन्छ ।

सौरभ चौधरीको लेखन तथा निर्देशन रहने यो चलचित्र एक्सन ड्रामा एडभेन्चर जनरामा निर्माण हुने बताइएको छ । गतवर्षको फागुन १८ गते प्रदर्शनमा आएको ‘अगस्त्य : च्याप्टर–१’लाई निर्देशन गरेर तारिफ कमाएका निर्देशक चौधरीको यो तेस्रो प्रोजेक्ट हो । तीन वर्षअघि उनी निर्देशित ‘लभ डायरिज’ रिलिज भएको थियो । 

निर्देशक चौधरीले यो चलचित्रको टाइटल घोषणासँगै भने,’अहिलेसम्म जे जति फिडब्याक पाएको छु, राम्रै पाइरहेको छु । बजेटभित्र उत्कृष्ट काम निकाल्ने हाम्रो प्रयास हुन्छ । यो चलचित्र एक्सन मात्रै होइन । एक्सन चलचित्रको हिस्सा हो तर चलचित्रको बलियो भनेको यसको स्क्रिप्ट हो । यसको पटकथा कसिलो छ ।’

आर्टिस्टिक इनटरटेनमेन्टको प्रस्तुतिमा बसन्त लम्सालले लगानी गर्ने यो चलचित्रको कथावस्तु र कलाकारबारे निर्माणपक्षले अहिले जानकारी दिएको छैन । कलाकार अनुबन्ध गर्ने क्रम जारी नै रहेकाले पछि जानकारी गराउने निर्देशक चौधरीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *