चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’को दोस्रो चरणको छायांकन सुरु गरिएको छ ।
गत जेठ २४ गतेबाट छायाकंन सुरु गरेर केही दिन अघि ओखलढुङ्गा जिल्लाको रुम्जाटार क्षेत्र आसपासमा ३६ दिन लगाएर पुरा गरिएको यो चलचित्रको पहिलो चरणको छायांकन सकिएसँगै भक्तपुरको दुवाकोटबाट दोस्रो चरणको छायांकन सुरु गरिएको हो ।
सेभेन सिज सिनेमाको प्रस्तुतिमा निर्माण भएको फिल्ममा नयाँ अभिनेत्रीमा अलिशा बास्तोलाको प्रवेश भएको छ । उनको यो डेब्यू फिर्चड चलचित्र हो । यस अघि उनले दजनौं म्यूजिक भिडियोमा काम गरिसकेकी छिन् ।
यो चलचित्रको दोस्रो सेड्यूलको छायांकन आजबाट सुरु गरिएको जानकारी दिँदै निर्माता विनोद पौडेलले चलचित्रमा अलिशाको भूमिका विशेष रहेको जानकारी दिए ।
सोसल-ड्रामा जनरामा निर्माण गरिएको यो चलचित्र गन्धर्व परिवारको कथामा आधारित रहेको निर्मापक्षको भनाइ छ । यो चलचित्रका निर्देशन सरोज पौडेल हुन् । चलचित्रमा उनी स्वयमको कथा रहेको छ । विनोद पौडेल र प्याट्रिक सुवेदी लगानी कर्ता रहेको चलचित्रका कार्यकारी निर्माता रमेश चौलागाईं र हरि श्रेष्ठ हुन् ।
महेश दवाडीको पटकथा तथा संवाद रहेको यो चलचित्रमा प्रशान्त सिवाकोटीको संगीत, हेमन्त कान्छा रसाइलीको सारङ्गी रहेको छ ।