‘यो मन त मेरो नेपाली हो’को गीत सार्वजनिक

९ साउन २०८१ ११:३२

पद्यमा इश्वर इन्टरटेन्मेन्ट प्रालिको प्रस्तुतिमा मित्र प्रधान प्रस्तुतकर्ता रहेको चलचित्र ‘यो मन त मेरो नेपाली हो’को गीत सार्वजनिक गरिएको छ । बुधवार ‘तिम्रो आँखै रसिलो’ बोलको गीत युट्युब मार्फत सार्वजनिक गरिएको हो ।

सार्वजनिक यो गीतमा दीपक शर्माको शब्द तथा संगीत, अस्मिता अधिकारी र सबिन सुवेदीको स्वर छ । सार्वजनिक गीतको यो भिडियोमा चलचित्रका मुख्य पात्र रोशन श्रेष्ठ र आयुष समाल लगायत खुशी कार्की, नारायण प्रधान, नरेशवीर सिंह फिचर्ड छन् ।

मित्र प्रधानको कथा एवम निर्देशन, ज्ञानबहादुर प्रधानको निर्माण रहेको यो चलचित्रले विदेशमा रहेका नेपालीको मुद्दालाई उठान गरेको छ । सौरभ लामाको छायांकन, देव महर्जनको एक्सन रहेको यो चलचित्र नेपालको झापा, इलाम साथै भारतको सिक्किम, दार्जिलिङ, पश्चिम बंगाल र अमेरिकामा छायांकन गरिएको छ ।

यो चलचित्रमा रोशन श्रेष्ठ, विल्सन विक्रम राई, वुद्दि तामाङ, विजय बराल, आयुषा समाल, नारायण खाती, भुपेन्द्र लिङ्देन, सुबास भण्डारी, विजय सुब्बा, विजिता बर्देवा, देवारज राजवंशी लगायतका कलाकारहरुको अभिनय छ । साथमा यो चलचित्रमा भारत, मलेसिया, पोल्याण्ड, अष्ट्रिया, बेल्जियम, ट्यूनिसिया, जर्मनी र साउथ अफ्रिकाका कलाकारहरुले पनि अभिनय गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *