विश्व प्रसिद्ध भेनिस फिल्म फेस्टिभलमा चलचित्र ‘पूजा सर’ प्रिमियर हुने भएको छ । यो चलचित्रकी मुख्य पात्र नायिका ऋचा शर्माले सामाजिक संजालबाट फेस्टिभल यो कुराको जानकारी गराएकी हुन् ।
निर्देशक दीपक रौनियार निर्देशित यो चलचित्रको नाम सुरुवातमा ‘राजागञ्ज र स्काई इज माइन’ राखिएको थियो । तर, अब ‘पूजा सर’को नाम राखेर रिलिजको तयारी गरिएको जनाइएको छ ।
प्रदर्शन मिति तय नगरिएको यो चलचित्र फेस्टिभलको ओरिजोन्टी खण्डको प्रतिस्पर्धामा छनोट भएको निर्माणपक्षले जनाएको छ ।
यो चलचित्रमा आशा मगराती, दयाहाङ राई, निकिता चण्डक, आरती मण्डल, ऋचा शर्मा, विजय बराल, गौमाया गुरुङ, नीरज श्रेष्ठ, पशुपति राई लगायतका कलाकारहरुको भूमिका रहेको छ ।