सुशीलको ‘आउटलः दफा २१९’को टिजर सार्वजनिक

७ साउन २०८१ १२:०२

आगामी असोज ३ गतेबाट देशब्यापी प्रदर्शन हुने चलचित्र ‘आउटलः दफा २१९’को टिजर सार्वजनिक गरिएको छ । सोमबार यो चलचित्रको टिजर ओएस आर बाट सार्वजनिक गरिएको हो ।

अभिनेता सुशील श्रेष्ठको मुख्य भूमिका रहेको यो चलचित्रको सार्वजनिक टिजरमा एङ्ग्री एक्सन अवतारमा प्रस्तुत भएका छन् । यो चलचित्र सुशीलको अहिलेसम्मको चलचित्रभन्दा केही फरक र रोचक हुने देखिन्छ ।

निर्देशक विक्की महर्जनको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्रमा अमित अग्रहरी निर्माताको रुपमा छन् । विनोद कठायत कार्यकारी निर्माता रहेको यो चलचित्रमा विकास चौधरी सह–निर्माताको रुपमा छन् ।

उच्च मेकिङका साथ तयार पारीएको यो चलचित्रको टिजर गज्जबको छ । टिजरमा सुशीलको इन्ट्री पनि बब्बाल नै छ भने अन्तिममा उनको एङ्ग्री अवतारले दर्शकको मन जित्ने पक्का देखिन्छ ।

नविन गुरुङको डीओपी, चुल्ठे काजीको एक्सन निर्देशन, साहिल खानको सम्पादन रहेको यो चलचित्रमा अभिनेता सुशील श्रेष्ठ, नरेश पौडेल, शिक्षा संग्रौला, सुमन भण्डारी, हेम गुरुङ, सोनी लागुन, विशाल पहारी लगायतका कलाकारहरुको अभिनय छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *