अभिनेता हरिवंश आचार्य विराटनगरको विराट नर्सिङ होममा भर्ना गरिएको छ । उनको नाकबाट रगत बगेपछि अस्पताल भर्ना गरिएको हो ।
विराटनगरको हिमगिरी हाइजिङको व्यावसायिक दूत बन्ने सहमतिपत्रमा हस्ताक्षर गर्न महजोडी शनिबार त्यता गएका थिए । नाकबाट रगत बगेपछि परीक्षण गर्दा नाकभित्र घाउ देखिएको र शल्यक्रिया गरिएको हो ।
अस्पतालमा भर्ना भएका अभिनेता आचार्यलाई भेट्न प्रशंसकको घुइँचो लागेको छ । आचार्यलाई भेट्न कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की अस्पताल पुगेका थिए ।
अहिले उनको अवस्था सामान्य रहेको उनका प्रशंसकले जनाए ।