चितवनमा चलचित्र ‘तेल भिसा’को इन्डकल्याप गरिएको छ । ७० प्रतिशत छायांकन अमेरिका र बाँकी ३० प्रतिशत छायांकन चितवनमा गरिएको यो चलचित्रको ३५ दिनमा छायांकन सकिएको हो ।
चलचित्रको पहिलो चरणको छायांकन अमेरिका र दोस्रो चरणको छायांकन चितवनको विभिन्न स्थानमा गरिएको हो । चलचित्रको इन्डक्ल्याप समारोहमा भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालको पनि उपस्थित थियो ।
निर्देशक शंकर घिमिरेले निर्देशन गरेको यो चलचित्रमा नायक विपिन कार्कीको मुख्य भूमिका छ । उनी यो चलचित्रमा दोहोरो भूमिकामा छन् । उनका साथमा यो चलचित्रमा वर्षा राउत, ऋचा घिमिरे, पुजा चन्द र वुद्दि तामाङ लगायतको मुख्य भूमिका छ ।
वेलडन क्रियसनको व्यानरमा ऋचा घिमिरेको प्रस्तुति रहेको यो चलचित्रमा अनिल पाण्डे र शिवराज कार्कीको लगानी, प्रिन्स युवराज कार्की र श्रृती दाहाल कार्यकारी निर्मातामा छन् ।
आगामी मंसिर ७ गते प्रदर्शन हुने यो चलचित्रमा सुशन प्रजापतिको छायांकन, रामजी लामिछाने र शिशिर खातीको कोरियोग्राफी, आशिष अविरल, कल्याण सिंह र कृष्ण भारद्धाजको संगीत, अजय खड्काको सम्पादन छ ।