‘बेहुली फ्रम मेघौली’को ‘उडायो मन’मा स्वस्तिमाको पर्खाइ – भिडियो

४ साउन २०८१ ११:०३

अभिनेत्री तथा निर्मात्री स्वस्तिमा खड्का र अभिनेता निश्चल बस्नेतको मुख्य भूमिका तथा निर्माण रहेको चलचित्र ‘बेहुली फ्रम मेघौली’को दोस्रो गीत रिलिज गरिएको छ । शुक्रबार ‘उडायो मन’ बोलको गीत ओएसआर डिजिटलबाट रिलिज गरिएको हो ।

सार्वजनिक गीतमा यो चलचित्रका मुख्य कलाकारहरु स्वस्तिमा खड्का र सिम्रन खड्का फिचर्ड छन् । इन्द्रकला राइको स्वर रहेको गीतमा जयन जे वाइवाको संगीत र शब्द छ ।

ब्ल्याक हर्स पिक्चर्स र मेघौली फिल्मस्को व्यानरमा निर्माण भएको यो चलचित्रमा साजन काफ्ले र आकाश बरालको लेखन तथा निर्देशनमा तयार भएको हो । नरेन्द्र मैनालीको छायांकन, निमेष श्रेष्ठको सम्पादन, प्रवीण लामा र केविका खत्रीको कोरियोग्राफी रहेको यो चलचित्रको कार्यकारी निर्माता शंकर पाण्डे हुन् ।

असोजको १७ गतेबाट प्रदर्शन हुने यो चलचित्रमा स्वस्तिमाको साथमा निश्चल बस्नेत, बसुन्धारा भुसाल, विजय राल, रक्षा थापा, लोकेन्द्र लेखक, सिरु बिष्ट, अमिर गौतम, सिम्रन खड्का, शिशिर सिवाकोटी, प्रभाकर शर्मा, लुनिभा तुलाधर, मुकुन्द मैनाली, रामबाबु रेग्मी लगायतका कलाकारको अभिनय छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *