चलचित्र ‘द्रौपदी’मा ऋषिराज आचार्यको पनि भूमिका रहेको छ। सम्पादनको अन्तिम चरणमा रहेको यो चलचित्रको अब छिट्टै प्रदर्शन गर्ने तयारीमा निर्माणपक्ष छ।
निर्देशक ऋषिराज आचार्य निर्देशित यो चलचित्रको अन्तर्राष्ट्रिय बजारलाई समेत मध्यनजर गरेर निर्माण गरिएको छ । यो चलचित्रमा निर्देशक आचार्यको पनि मुख्य अभिनय रहेको खुलेको छ ।
बिहीवार निर्माण युनिटले एक तस्बिर सार्वजनिक गर्दै निर्देशकको पनि अभिनय बताएको छ । सार्वजनिक तस्बिरमा निर्देशक आचार्यले यो चलचित्रकी मुख्य नायिकालाई घोडामा डोर्याइरहेका छन् ।
यो चलचित्रमा रहेको आफ्नो भूमिकाको रहस्यपछि मात्र खोल्ने निर्देशक आचार्यले बताए । ‘यसपटकको चलचित्र सरप्राइज प्याकेजले भरिएको छ’, आचार्यले भने ‘ति मध्यको एक मेरो भूमिका पनि हो ।’ अन्य केही सरप्राइज आगामी दिनमा यसै गरेर खोल्दै जाने उनले जनाए ।
चलचित्रमा मोहन कुमार झिल्लुको छायांकन,रवि ओडको सङ्गीत, ऋषिराज आचार्य, विष्णु ठडराई (सुवास ), प्रकाश ज्ञवाली निर्माता तथा खेमराज भण्डारी र ऋतु आचार्य सह निर्माता रहेको चलचित्रको कथा, पटकथा, संवाद तथा गीत निर्देशन ऋषिराज आचार्यकै छ ।
यो चलचित्रमा आश्विनी शाही, रवि ओड, कविराज भाम, जेल्सन अधिकारी, सुजाता तिमल्सिना, विष्णु ठडराई (सुवास ), प्रकाश ज्ञवाली ,सीता बौडेल , सुरज अधिकारी आदि कलाकारको अभिनय छ ।