५१ दिनमा सकियो ‘छक्का पन्जा ५’को छायांकन

३ साउन २०८१ ५:४८

दीपाश्री निरौलाको निर्देशनमा तयार भएको चलचित्र ‘छक्का पन्जा ५’को छायांकन सकिएको छ। यो चलचित्रको छायांकन सुरु गरेको ५१ दिनमा सम्पूर्ण छायांकन सकिएको निर्माणपक्षले जनाएको हो ।

आमा सरस्वती मुभिज र आइएमईको प्रस्तुतिमा निर्माण गरिएको यो चलचित्रको निर्माता, लेखक तथा कलाकार दीपकराज गिरीले काठमाडौंमा चलचित्रको सम्पूर्ण छायांकन सकिएको जानकारी दिए । यो चलचित्रको अब एउटा गीतको छायांकन हुन बाँकी छ ।

काभ्रे, सिन्धुली, पोखरा र काठमाडौंमा छायांकन गरिएको यो चलचित्रको काम निकै राम्रो भएको दीपकको भनाई छ । यसपटक निर्माणपक्षले चलचित्रको छायांकनको क्रममा धेरै हल्ला गरेन । चलचित्रका अन्य कलाकारहरूको बारेमा पनि केही जानकारी दिइएको छैन ।

सामाजिक कथालाई कमेडीको शैलीबाट निर्माण गरिएको यो चलचित्रका कार्यकारी निर्मातामा कलाकार निर्मल शर्मा छन् । असोजको २४ गते फूलपातिबाट रिलिजमा आउने यो चलचित्रमा दीपकराजको साथमा केदार घिमिरे, वर्षा सिवाकोटी मुख्य भूमिकामा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *