३० दिनमा ‘ज्वाइँ साब’को सुटिङ प्याकअप

२ साउन २०८१ ८:१३

निर्देशक बसन्त निरौलाको निर्देशन रहेको चलचित्र ‘ज्वाइँ साब’को छायांकन सकिएको छ । यो चलचित्रको छायांकन सुरु गरेको ३० दिनमा सम्पूर्ण छायांकन सकिएको निर्देशक निरौलाले बताए ।

यो चलचित्रको छायांकन २३ दिन चित्लाङ र ७ दिन चितवनमा गरिएको हो । तोकिएकै समयमा छायांकन सकिएपछी निर्माणपक्ष पोष्ट प्रोडक्शनको काममा जुटेको छ । कलाकार र प्राविधिकहरुको साथका कारण तोकिएकै समयमा यो चलचित्रको छायांकन सकिएको हो ।

राजकुमार पण्डित प्रस्तुतकर्ता रहेको यो चलचित्रमा मिनादेवी पाण्डे, सौगात पण्डित र पदमलाल तामाङको लगानी छ । यो चलचित्रमा श्याम तामाङको डीओपी, अर्जुन पोखरेल र महेश ताम्राकारको संगीत छ । विजय बस्याल कार्यकारी निर्माता रहेको चलचित्रमा सविन अधिकारीको कथा, शंकर धितालको पटकथा तथा संवाद छ ।

रेड आई फिल्मस्को प्रस्तुतिमा ओएसआर डिजिटल र मौसम फिल्मस्को सहकार्यमा निर्माण भएको यो चलचित्रमा जीतु नेपाल र नायिका नीति शाह मुख्य भूमिकामा छन् । उनीहरुको अलवा फिल्ममा वुद्दि तामाङ, शिशिर वाङ्देल, प्रकाश घिमिरे, रमेश वुढाथोकी, निमा पाण्डे, हिमेश पन्त, शिवहरि बैरागी, राजेन्द्र नेपाली, कविता आले, शिवु पाण्डे लगायतका कलाकारको अभिनय छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *