एक सातापछि छायांकन हुने ‘कार्साङ’को वर्कशप सुरु

२ साउन २०८१ ६:५०

अबको एकसातापछि छायांकन सुरु हुने चलचित्र ‘कार्साङ’को वर्कशप सुरु गरिएको छ । केही दिन देखि काठमाडौंमा कार्यशाला (वर्कशप) चलिरहेको छ । कलाकार र निर्देशकीय टिमको उपस्थितिमा फिल्मको वर्कसप सुरु भएको हो ।

यार्सा फिल्मस र पुरुषोत्तम प्रधान फिल्मसको प्रस्तुतिमा निर्माण हुन लागेको यो चलचित्रको टिम यति वेला वर्कसपसँगै छायांकनको तयारीमा समेत जुटेको छ । चलचित्रका मुख्य पात्र अभिनेता दयाहाङ राई वर्कशपमा जोडिएसँगै निर्माण टिमले छायांकनको तयारी सुरु गरेको हो ।

केही महिना अघि बौद्ध भिक्षुहरूबाट स्क्रिप्ट पूजा गराइ शुभमुर्हत गरिएको चलचित्र यसै साताबाट छायांकनमा जाने तयारी रहेको निर्माण पक्षले जानकारी दिएको छ ।

यम शेर्पाले निर्देशन गर्ने यो चलचित्रमा उनकै कथा, पटकथा तथा संवाद रहने छ । शेर्पाले यसअघि थुप्रै छोटा चलचित्र निर्देशन गरिसकेका छन् ।

यो चलचित्रको निर्माता पुरुषोत्तम प्रधान हुन् । यो चलचित्रमा प्रधानकै डिओपी रहने छ । गोविन्द बोहरा सह-निर्माता रहेको चलचित्रका आङछिरिङ शेर्पा कार्यकारी निर्माता, वीरेन्द्र शाही लाइन प्रोड्युसर हुन् ।

मनोज थापा मगर, वरिष्ठ सेलो गायक एवम् संगीतकार विश्व दोङ संगीत निर्देशक रहने चलचित्रको मुख्य सह-निर्देशक सुदीप कुँवर, योगेन्द्र सापकोटा, दिपेश गजुरेल सह-निर्देशक, अभि लामाको कोरियोग्राफी, दिलीप पन्त प्रोडक्शन म्यानेजर रहेका छन् ।

सामाजिक कथावस्तुमा निर्माण हुने चलचित्रको मुख्य कलाकारका रूपमा दयाहाङ राई, सृजना निङ्लेकु, जितु नेपाल, दिया मास्के, बुद्धि तामाङ, छिरिङ शेर्पा र सरिता गिरी रहेका छन् । चलचित्र मार्फत नवनायिकाका रूपमा सृजना र छिरिङले डेब्यु गर्दै छन् । चलचित्रमा माओत्से गुरुङ, पुष्कर गुरुङ, सम्राट क्षेत्री, राशी लिम्बु, सोहन थापा, कर्मा शेर्पा, छोकी शेर्पा, पवन गोले, सञ्जय ढुंगाना र सृष्टि ढुंगानाको पनि अभिनय रहने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *