‘खुस्मा’को ‘खुशीका फूल बटुलेर’मा धिरजसँग रोमान्टिक उपासना

१ साउन २०८१ १५:०१

एम मिडिया प्रा.लिको ब्यानरमा निर्माण भएको चलचित्र ‘खुस्मा’को पहिलो गीत सार्वजनिक भएको छ । मंगलबार ‘खुशीका फूल बटुलेर’ बोलको गीत निर्माणपक्षले युट्युब मार्फत सार्वजनिक गरेको हो ।

निर्देशक अशोक थापा मगरको निर्देशनमा तयार भएको यो चलचित्रको गीतमा एसडी योगी र विज्ञानी पराजुलीको स्वर, एसडी योगीकै संगीत र राम अविरल विष्टको शब्द छ । सार्वजनिक गीतको भिडियोमा यो चलचित्रको मुख्य कलाकार धिरज मगर र उपासना सिंह ठकुरी रोमान्टिक अवतारमा प्रस्तुत छन् ।

आगमी असोजको ३ गतेबाट प्रदर्शन हुने यो चलचित्रले द्धन्द्धकालको समयमा फक्रिएको प्रेमको कथालाई प्रस्तुत गर्छ । सुस्मिता बुढाथोकी सह–निर्माता, अशोक थापा मगरको कथा तथा पटकथा, दीपक श्रेष्ठको छायांकन, अशोक थापा मगरको सम्पादन, सुरेन्द्र राइको कोरियोग्राफी, मोहन राई कार्यकारी निर्माता रहेको यो चलचित्रमा वीर बहादुर लामा, चन्द्र भट्टचन, बेटानी मगर र मान बहादुर मगर निर्माताको रुपमा छन् ।

काफिया फिल्मस्ले वितरण गर्ने यो चलचित्रमा धिरज र उपासनाको साथमा माओत्से गुरुङ, राज थापा काउचा, विजय सुब्बा, सुजता राई, अरुण मगर, राजु रेग्मी मगर लगायतका कलाकारको अभिनय छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *