निर्देशक राजु गिरीले निर्देशन गरेको चलचित्र ‘नम्बरी सुन’हेर्ने १२ जना दर्शकलाई सुन उपहार दिने घोषणा गरिएको छ । चलचित्र निर्माणपक्षले आयोजित पत्रकार सम्मेलनमा १२ जना दर्शकलाई सुन उपहार दिने घोषणा गरेको हो ।
यो चलचित्र हेरेर सुन उपहार जित्नको लागि खल्ती एपबाट टिकट काट्ने ५ जना र त्यसभन्दा बाहिरबाट टिकट काट्ने ७ जनालाई सुनको मोतीवाला चन्द्रहार उपहार दिने निर्माणपक्षले जनाएको हो । उपहार लक्की ड्र मार्फत सार्वजनिक गरिनेछ ।
झण्डै ७० बर्ष अगाडि घर–घरमा पुगेर सुनको गहना बनाउनेको कथामा निर्माण गरिएको यो चलचित्रमा प्रेम, कमेडी, भावना पनि समेटियको निर्माणपक्षले जनाएको छ ।
शिवम् अधिकारीको पटकथा तथा संवाद, अर्जुन पोखरेल र सन्तोष श्रेष्ठको संगीत, रामजी लामिछानेको कोरियोग्राफी, समीर मियाँको भीएफएक्स, दिव्य सुवेदीको छायांकन, देव महर्जनको एक्सन, गौतमराज खड्काको सम्पादन छ ।
सरोज खाती, सविन खाती र मनोज रिजाल निर्माता रहेको यो चलचित्रमा गौरव पहारी, सरोज खनाल, वुद्दि तामाङ, राजाराम पौडेल, किरण नेपाली, राजेन्द्र खड्गी लगायतका कलाकारको अभिनय छ । यो चलचित्र आगामी साउन २५ गतेबाट रिलिज हुँदैछ ।