हास्यकलाकार सागर लम्साल उर्फ ‘बले’ले विवाह गरेका छन् । उनले झापाकी स्नेहा दंगाल सँग आइतबार चावहिलको एक ब्यांक्विटमा सुटुक्क लगनगाँठो कसेका हुन् ।
उनले दुबै पक्षका आफन्त र साथीभाईको सहभागितामा मागी विवाह गरेको बुझिएको छ। स्नेहा भक्तपुरको ठिमी अस्पतालमा स्टाफ नर्सको रुपमा कार्यरत छिन् भने बलेको अभिनय रहने नयाँ चलचित्र ‘लाज शरणम’को केही दिनमा घोषणा हुँदैछ ।
केही समयअघि प्रिज्मा खतिवडा र बलेको प्रेम सम्बन्ध रहेको चर्चा थियो । उनीहरु सँगै म्युजिक भिडियोमा काम गर्ने क्रममा प्रेममा थिए । तर, पछि ब्रेकअप भएको थियो ।