‘ह्रस्व दीर्घ’को छायांकन सेटमा नायिका थापा

३१ असार २०८१ ५:१७

नीता फिल्मस्को प्रस्तुतिमा निर्माण गरिएको चलचित्र ‘ह्रस्व दीर्घ’मा नायिका रेखा थापाको पनि अभिनय रहेको छ । यो चलचित्रको चौथो तथा अन्तिम चराणको छायांकन सेटमा नायिका थापालाई देख्न सकिन्छ ।

घोषणा भएदेखी नै चर्चामा रहेको यो चलचित्रमा बलिउड र दक्षिण भारतीय चलचित्रको दिग्गज कलाकारको अभिनय छ भने नेपालबाट नाम चलेका अनुहार छन् । त्यसमध्यै, अब यो चलचित्रमा रेखा थापालाई पनि दर्शकले देख्न पाउने छन् । तर, यो चलचित्रमा उनको भूमिकाको बारेमा केही पनि खुलाइेएको छैन् ।

चन्द्र पन्तको निर्देशन रहेको यो चलचित्रको छायांकन सेटमा निर्देशक पन्त र निर्मात्री तथा अभिनेत्री नीतासँग रेखाले स्क्रिप्टमा छलफल गरिरहेको छिन् । निर्देशक पन्तले यो चलचित्रमा थापाको छोटो तर महत्वपूर्ण भूमिका रहेको बताउदै उनले भने, ‘हलमा आउँदा हाम्रो चलचित्रमा लेडी किङ थापाबाट दर्शकले ठूलो सरप्राइज पाउँछन्’।

आगामी असोजको ३ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने यो चलचित्रको कार्यकारी निर्माता धनञ्जय गलानी हुन् । हरिहर अधिकारीको कथा रहेको चलचित्रमा प्रतीक पौडेल, हरिहर अधिकारी र चन्द्र पन्तको पटकथा तथा संवाद छ ।

नेपाली, हिन्दी र तेलुगु भाषामा रिलिज गरिने यो चलचित्रमा नीता ढुंगाना, हरिहर अधिकारी, प्रदीप राउत, सुनील बर्माका साथमा चर्चित भारतीय कलाकार ब्रम्मानन्दम, अली, कविर सिंह, दुहानको अभिनय छ । साथमा संचिता लुइँटेल, विपना थापा, प्रशान्त ताम्राकार, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रविन्द्र झा, आदर्श मिश्र, वुद्दि तामाङ, किरण केसी लगायतको अभिनय छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *