सेभेन सिज सिनेमाको प्रस्तुतिमा निर्माण भएको चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’को पहिलो चरणको छायांकन सकिएको छ । यो चलचित्रको पहिलो चरणको छायांकन ओखलढुङ्गा जिल्लाको रुम्जाटार क्षेत्र आसपासमा ३६ दिन लगाएर पुरा गरिएको हो ।
गत जेठ २४ गतेबाट छायाकंन सुरु गरेर ३६ दिनमा पहिलो चरणको सेड्युल पुरा गरिएको र चलचित्रको बाँकी छायांकन काठमाडौँमा गरिने निर्माण पक्षले जनाएको छ । दोस्रो सेड्यूलको छायांकन दशपछि सुरु गरिने छ।
सोसल–ड्रामा जनरामा निर्माण भएको यो चलचित्रको लेखन तथा निर्देशन सरोज पौडेल हुन् । चलचित्रमा उनी स्वयमको लेखन रहेको छ । यो चलचित्रले गन्धर्व परिवारको कथामा भन्छ ।
विनोद पौडेल र प्याट्रिक सुवेदीको लगानी रहेको चलचित्रको कार्यकारी निर्माता रमेश चौलागाईं र हरि श्रेष्ठ रहेका छन् । महेश दवाडीको पटकथा तथा संवाद, प्रशान्त सिवाकोटीको संगीत, हेमन्त कान्छा रसाइलीको सारङ्गी रहेको छ ।
विं.सं.२०८२ सालभित्र विश्व बजारमा प्रदर्शन गर्ने लक्ष्य राखेको यो चलचित्रमा कलाकारहरूको बलियो लाइनअप छ । विजय बराल, प्रकाश सपूत, मुकुन भुसाल, अञ्जना बराइलीको मुख्य भूमिका रहेको यो चलचित्रमा विनोद न्यौपाने, भोलाराज सापकोटा, बुद्धि तामाङ, माओत्से गुरुङ र देशभक्त खनाल लगायतका कलाकारहरूको पनि अभिनय रहनेछ । यस्तै यो फिल्मको बालकालकारमा जान्भि पौडेल र स्वायम् केसीको अभिनय रहने छ ।